Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ


२५ वैशाख, महोत्तरी । भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा–१० स्थित नेपाल–भारत सीमा नजिकै भारतीय नम्बरका चार मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । बीआर ०३ के ५४३३, बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकल र मदिरा रु तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?