२१ जेठ, काठमाडाैँ । समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदूरपश्चिमको मौलिक भाषामा आधारित
२१ जेठ, काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ ।
२१ जेष्ठ ,काठमाडौँ । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ । चौध दिनको तालिका तय गरिएको चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए। “नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट
१८ जेष्ठ ,काठमाडौँ । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ । निर्माण पक्षले हालै
१८ जेठ, काठमाडाैँ। निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे
१७ जेठ, एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् । भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस्
१७ जेठ, काठमाडौँ । विश्वकर्मा समुदायको युवायुवतीलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ गर्ने भएको छ । प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए। “म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर
१४ जेठ, काठमाडाैँ । अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाएकी छन् । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई यो उपाधि दिइएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायांकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरेका हुन् । 'जन्मभूमि' बाट
१४ जेठ, काठमाडाैँ । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता न्यूनिकरणका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो । सङ्घको परिचयपत्रवाहक कलाकारलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्र
१४ जेठ, काठमाडाैँ । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल