Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘चित्त दुख्छ रे उनैको’मा सिताराम र उषाको अन्स्क्रिन प्रेम ( भिडियो )


काठमाडौंः वरिष्ठ गायक सिताराम पोखरेलले दशैँ तिहारको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्। संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भागदौड र व्यस्तताको कारणले गर्दा श्रीमान–श्रीमतीले एकअर्कालाई समय दिनु गाह्रो हुँदा गुनासो बढ्न थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याले वैवाहिक सम्बन्धमा सानो तिनो झगडा या मनमुटाव भैरहेको हुन्छ। भिडियो यस्तै कथामा आधारित रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन्।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?