Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सुस्मितालाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड


काठमाडौँ । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन ।

एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा सम्पन्न भएको हो ।एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।

बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लीद्धारा सम्मानित भैसकेकी छिन ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?