Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘तिमी पनि एक्लै म पनि एक्लै’मा रोमाण्टिक देखिए सुरेश र रविना ( भिडियो )


काठमाडौं : गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ। डान्सिङ भर्सनको यस गीतमा युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?