Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

‘तिमी पनि एक्लै म पनि एक्लै’मा रोमाण्टिक देखिए सुरेश र रविना ( भिडियो )


काठमाडौं : गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ। डान्सिङ भर्सनको यस गीतमा युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?