Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कहिले म जितमा रोए सार्वजनिक


काठमाडौं : पछिल्लो समय थुप्रै गीतहरु रचना गर्दै आएकी गीतकार देबी पराजुलीको रचनामा कहिले म जितमा रोए बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित गायिका अञ्जु पन्तको स्वर, संगीतकार ज्योति प्रकाशको संगीत रहेको रहेको यस गीतको म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन । अर्जुन रत्न वीकरी र देवी पराजुलीको मूख्य अभिनय रहेको म्यस्जिक भिडियोमा अतिथि कलाकारमा इस्टु कार्की र भगवान भण्डारी रहेका छन ।

यस गीतमा अझै पनि गाउँ समाजमा छोराछोरी प्रतिको बिभेदलाई देखाउन खोजिएको पाइन्छ । उक्त गीतमा उनको र गीतकार अर्जुन भिखारीको अभिनय रहेकोछ । अझै पनि छोरी जन्मनु महिलाको गल्ती देखाउने हाम्रो समाज दोस्रो बिवाहा गरेर भए पनि छोरा जन्माए मात्र बंश थाम्ने सोचाइ राख्दछ । यश भिडियोमा केही समय अगाडि गाउँ घरमा छोरी जन्मदाको पिडालाई र छोराछोरी बीचको बिभेदलाई भिडियो मार्फत उजागर गर्न खोजिएको छ । देबी पराजुलीका दर्जनौ गीतहरु बजारमा आएका छ्न । उनी निजामती कर्मचारी पनि हुन । उनका लेख रचनाहरु समय समयमा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा पनि देख्न सकिन्छ ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?