Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक


५ ,कात्तिक ,काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आज सार्वजनिक भएको छ ।

डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् ।

मुनलाइट इन्टरनेसनल मिडिया प्रालिले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।

नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । म्युजिक भिडियोमा उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।


प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?