काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताउनुभएको छ । यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ —
काठमाडौंः घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद,
५ ,असोज काठमाडौँ । अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् । ‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो
३ असोज, काठमाडौं । बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम सानेपामा जारी छ ।बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र
काठमाडौं, १ असोज । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म [email protected] मा
३० भदौ, काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनि अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन् । शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न
काठमाडौं: बीपी कोइरालाको अप्रकाशित जेल डायरी सार्वजनिक भएको छ । प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरेको भएको हो । जेल डायरीमा १९६२ देखि (१९६८ को अप्रकाशित डायरी समेटिएको छ । औपचारिक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
२९ भदाै, काठमाडौँ । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो । गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा.भोला रिजाल, वरिष्ठ गीतकार
२४ ,भाद्र ,गण्डकी । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकि छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल
काठमाडौः कांग्रेसले बिपीजयन्तीको अवसर पारेर गर्न लागेको साहित्य महोत्सवको तयारी पुरा गरेको छ । कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गरी बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । कार्यक्रमका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा