Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘एनिमल’ टिमलाई नेपाली वितरकले दिए सगरमाथा बेसक्याम्पमा ब्रेकफास्टको निम्तो


काठमाडौं। फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे ।

त्यस्तै, रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, तृप्ति डिमरी, बबी देओल, निर्देशक सन्दीप रेड्डी भांगा, निर्माताहरु भूषण कुमार, अनिल थडानी लगायत पार्टीमा सहभागी रहेका थिए । आलिया भट्ट, महेश भट्ट, नीतु कपुर पनि आकर्षणको केन्द्र बने ।

उक्त फिल्मका नेपाल वितरक नीरज पौडेल पनि एनिमलको पार्टीमा सहभागी थिए भने फिल्मको कास्ट एण्ड क्रिउसँग फोटो खिचाएर उनले पार्टीको माहोल दर्शाएका छन् । सो अवसरमा नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई नेपाल भ्रमणको निम्तो दिए ।

त्यस्तै, आफूले एनिमल टोलीलाई सगरमाथा आधार शिविरमा ब्रेकफास्टको निम्तो दिएको जानकारी दिंदै पौडेलले आउँदो फिल्मको छायांकनको समेत आउन आग्रह गरेको बताएका छन् ।

उनीहरुले नेपालबाट एनिमलको राम्रो प्रतिक्रिया आएकोमा खुसी समेत साटेका थिए । ‘ए रेटेड फिल्म र त्यसमा पनि बिदा नभएको दिनमा रिलिज भएपनि नेपालबाट राम्रो प्रतिक्रिया आयो र कमाइ गर्‍यो । हामी खुसी छौं,’ निर्माता भूषण कुमारको भनाइ उध्दृत गर्दै पौडेलले मुम्बईबाट भने।

त्यस्तै, गत डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?