Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘एनिमल’ टिमलाई नेपाली वितरकले दिए सगरमाथा बेसक्याम्पमा ब्रेकफास्टको निम्तो


काठमाडौं। फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे ।

त्यस्तै, रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, तृप्ति डिमरी, बबी देओल, निर्देशक सन्दीप रेड्डी भांगा, निर्माताहरु भूषण कुमार, अनिल थडानी लगायत पार्टीमा सहभागी रहेका थिए । आलिया भट्ट, महेश भट्ट, नीतु कपुर पनि आकर्षणको केन्द्र बने ।

उक्त फिल्मका नेपाल वितरक नीरज पौडेल पनि एनिमलको पार्टीमा सहभागी थिए भने फिल्मको कास्ट एण्ड क्रिउसँग फोटो खिचाएर उनले पार्टीको माहोल दर्शाएका छन् । सो अवसरमा नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई नेपाल भ्रमणको निम्तो दिए ।

त्यस्तै, आफूले एनिमल टोलीलाई सगरमाथा आधार शिविरमा ब्रेकफास्टको निम्तो दिएको जानकारी दिंदै पौडेलले आउँदो फिल्मको छायांकनको समेत आउन आग्रह गरेको बताएका छन् ।

उनीहरुले नेपालबाट एनिमलको राम्रो प्रतिक्रिया आएकोमा खुसी समेत साटेका थिए । ‘ए रेटेड फिल्म र त्यसमा पनि बिदा नभएको दिनमा रिलिज भएपनि नेपालबाट राम्रो प्रतिक्रिया आयो र कमाइ गर्‍यो । हामी खुसी छौं,’ निर्माता भूषण कुमारको भनाइ उध्दृत गर्दै पौडेलले मुम्बईबाट भने।

त्यस्तै, गत डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?