Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्नेे


काठमाडाैं । सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गते भित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर ३ सय शब्दमा नबढाई [email protected] मा प्राप्त हुने गरी कविता पठाउन हुन अनुरोध गरिएको छ । कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरुमध्ये उत्कृष्टमा परेका १० जनाहरुले माघ ५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कविता वाचन गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशहरु नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन, नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्न, वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न, नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र प्रहरी बल नेपालको ऐन र ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न, नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ असोज ११ गतेको निर्णयनुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पौष १५ गतेको निर्णयनुसार रेलवे सुरक्षा गर्न अन्तर्गत रहेर कविता लेख्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. ५०,०००।-, द्वितीय पुरस्कार रु. ३०,०००।-, तृतीय पुरस्कार रु. १५,०००।- र उत्कृष्ठमा परेका ७ सात जना प्रतियोगीहरुलाई समेत जनही रु. ७,०००।- नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?