Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

कोशी प्रदेश


पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’

२४ वैशाख ,झापा । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

२३ वैशाख, ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि

घर बनाउने क्रममा पुरिएर चार जनाको मृत्यु

२३ वैशाख, इलाम । इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला

चुहार पक्की पुलको काम नियमित

२३ वैशाख ,भोजपुर । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो । निर्माणका क्रममा देखिएका

मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची

२२ वैशाख ,ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पुर्याएकाले अलैँची खेती गरिरहेका

रेलमार्ग प्रभावितको ज्ञापनपत्र

२२ वैशाख ,बेलबारी (मोरङ) । रेलमार्गमा परेको जग्गाको तत्कालै मुअब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनुपर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापनपत्र बुझाएको छ । हालै सरकारले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवाअन्तर्गत लामो समयदेखि रोक्का रहेको जग्गा रेलमार्गले ओगट्नेबाहेक ‘डिमरकेशन’ बाहिरको जग्गा फुकुवा गर्ने निर्णय गरेको

ताप्लेजुङमा पुनः सुरू भयो हवाई उडान

२२ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा बन्द भएको हवाई सेवा (उडान) डेढ सातापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजमा देखिएको प्राविधिक समस्या र निरन्तर मौसममा आएको खराबीका कारण गत साताको बुधबारदेखि अवरुद्ध बनेको उडान सुचारु भएको हो । नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित निमित्त स्टेसन इन्चार्ज सचिन तिवारीका अनुसार

हेलिकोप्टर दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

२२ वैशाख, काठमाडाैँ । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर

भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजाँदै गर्दा दुई युवती पक्राउ

२२ बैशाख, झापा । झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदिबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या

हेलिकप्टर दुर्घटना अपडेट : पाँच जना घाइते

२२ वैशाख, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए

सम्वन्धित समाचारहरु