Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता


२३ वैशाख, ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् ।

भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । “भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्”, प्रहरी प्रमुख लिम्बूले भने ।

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए । उनि हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत गएका थिए भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?