Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ताप्लेजुङमा पुनः सुरू भयो हवाई उडान


२२ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा बन्द भएको हवाई सेवा (उडान) डेढ सातापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजमा देखिएको प्राविधिक समस्या र निरन्तर मौसममा आएको खराबीका कारण गत साताको बुधबारदेखि अवरुद्ध बनेको उडान सुचारु भएको हो ।

नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित निमित्त स्टेसन इन्चार्ज सचिन तिवारीका अनुसार शुक्रबार मौसम खुलेसँगै उडान सुरु भएको हो । अब मौसम सुधार भएमा नियमित उडान हुने निमित्त स्टेसन इन्चार्च तिवारीले बताए ।

उनका अनुसार शुक्रबार काठमाडौंदेखि १४ जना यात्रु बोकेर नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज ताप्लेजुङ आएको थियो । ताप्लेजुङबाट पनि १४ जना नै यात्रु लिएर जहाज काठमाडौं फर्किएको उनले जानकारी दिए ।

यता, पर्यटकीय मौसम भएकाले उडान अवरुद्ध हुँदा ताप्लेजुङमा रहेको कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकलगायतका यात्रुले हवाई सेवाबाट बञ्चित हुनुपरेको छ । यस्तै हवाई सेवा बन्द हुँदा कतिपय काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा उपचार सेवा लिन जानुपर्ने विरामीसमेत मारमा पर्नेगरेका छन् ।

निगमको ट्विनअटर जहाजले सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान भर्ने गरेको छ । नेपाल वायु सेवा निगमबाहेक निजी विमान कम्पनी सीता एयरलाइन्सले सुकेटारमा उडान सञ्चालन गर्नेगरेको छ । सीता एयरलाइन्सको जहाज पनि मौसम र अन्य कारणले नियमित उडान नहुँदा यात्रु हवाई सुविधाबाट बञ्चित हुनेगरेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?