Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चुहार पक्की पुलको काम नियमित


२३ वैशाख ,भोजपुर । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ ।

भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ।

निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो ।

काम सुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमनसमेत गरेकि छन् । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाँडो सम्पन्न गराउन पहल गर्ने बताईन् ।

कोशी प्रदेश सरकारको रु २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।

पुल २०७७ असोजमा शिलान्यास भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर छ । भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलो मिटर छ ।

पूर्व क्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा विकासमा टेवा पुग्ने देखिएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?