Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी


इटहरी। इटहरीको सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको काम भइरहेको छ ।

आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ । प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?