Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी


इटहरी। इटहरीको सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको काम भइरहेको छ ।

आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ । प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?