Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सोलुखुम्बुमा भारतीय सहयोगमा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको शिलान्यास


सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदुतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । भारत सरकारको करिव ३ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ । लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिने यो योजना सोलुखुम्बु जिल्लाकै छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ पूर्वाधारको निर्माणले सोलुखुम्बुको लिखु पिके क्षेत्रमा रहेको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उहाँहरूले व्यक्त गरेका छन् ।

नेपाल र भारतबीचको घनिष्ठ र बहुआयामिक सहकार्यको परिणाम स्वरूप यस्ता परियोजनाहरू सञ्चालन हुँदै आएका छन् । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारको समृद्धि र विकासको लक्ष्यलाई सुदृढ पार्न भारतको निरन्तर सहयोग रहने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?