Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै


झापा। पर्यटन प्रवद्र्धनलाई बढावा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ ।

पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको व्यवस्था मिलाएको हो । घुम्न आउने पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झट रहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ । स्थानीय तह सँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक चेकजाँच नहुने जनाएको छ ।

भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकाहरु मोरङको रानी सहित सुनसरीको कोशी ब्यारेज, झापा र पशुपति नगरमा पर्यटक लक्षित डेस्क स्थापना गरी यात्रा सहजीकरणको अभियानलाई अघि बढाइएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताएका छन् । डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँच सहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिने मन्त्री मण्डलले बताए । स्टिकर टाँस गरिएका पर्यटक सवार सवारीसाधनको हकमा गन्तव्य सम्म पुगेर नफर्किएसम्म सुरक्षा सम्वेदनशीलता बाहेकको हकमा कहीँकतै रोकतोक र बाधा अवरोध हुनेछैन ।

कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउँदैछ । प्रदेश भित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । सोही अनुरुप पर्यटकको यात्रा सहज र झन्झट रहित बनाउने उद्देश्यसाथ भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ ।


प्रकाशित मिति: ३१ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?