Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजाँदै गर्दा दुई युवती पक्राउ


२२ बैशाख, झापा । झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदिबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टि) भित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध हालेर बोकेको थाहा पाएपछि प्रहरीले विमानस्थलबाट नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समयमा लागूऔषध कारोबारीहरुले प्रहरीलाई आँखा छल्न फरकफरक उपाय अपनाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनिहरु काठमाडौं जाने तयारीमा रहेका थिए ।

विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथमा लागूऔषध रहेको पत्ता भएको हो । प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लुकाएको अवस्थामा फेला परेको रिजालले जानकारी दिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?