Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजाँदै गर्दा दुई युवती पक्राउ


२२ बैशाख, झापा । झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदिबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टि) भित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध हालेर बोकेको थाहा पाएपछि प्रहरीले विमानस्थलबाट नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समयमा लागूऔषध कारोबारीहरुले प्रहरीलाई आँखा छल्न फरकफरक उपाय अपनाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनिहरु काठमाडौं जाने तयारीमा रहेका थिए ।

विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथमा लागूऔषध रहेको पत्ता भएको हो । प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लुकाएको अवस्थामा फेला परेको रिजालले जानकारी दिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?