Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रेलमार्ग प्रभावितको ज्ञापनपत्र


२२ वैशाख ,बेलबारी (मोरङ) । रेलमार्गमा परेको जग्गाको तत्कालै मुअब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनुपर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापनपत्र बुझाएको छ ।

हालै सरकारले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवाअन्तर्गत लामो समयदेखि रोक्का रहेको जग्गा रेलमार्गले ओगट्नेबाहेक ‘डिमरकेशन’ बाहिरको जग्गा फुकुवा गर्ने निर्णय गरेको हुदा रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले सरकारले गरेको निर्णय सच्याउन माग गरेको हो ।

मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्मालाई समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको हो । “विगत तीन वर्षदेखि पटकपटक वडा, नगर, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने काम गरियो तर हालसम्म कुनै सुनुवाइ भएन”, समितिका बेलबारी अध्यक्ष चन्द्र लिम्बूले भने ।

मुआब्जाका लागि बजेट नछुट्याएर तीन वर्षदेखि जनताको जग्गा रोक्का गरी बन्धक बनाइराखेको हुनाले वित्तीय कारोबारमा परेको समस्या सदनमा कुरा उठाइ दिन लिम्बूले आग्रह गरे । रेलमार्गको जग्गाको मुअब्जा उपलब्ध साथै जग्गा फुकुवा सम्बन्धमा सदनमा कुरा उठाउँदै प्रभावित क्षेत्रका जनताको समस्या दीगो रुपमा समाधानका लागि सरकारसँग पहल गर्ने सांसद शर्माले बताए ।

रेलमार्गअन्तर्गत मोरङको बेलबारी–९ मा रहेको नलबारी बजार पूर्ण रुपमा प्रभावित देखिएको छ । नलबारी चोकका करिब ५० घर रेलमार्गमा परेका छन् । नलबारी चोकका आफ्नै घरमा वर्षौदेखि व्यवसाय गर्दै आएका चक्र भण्डारी तीन वर्षदेखि जग्गा रोक्का भएका कारण बैंकमा धितो राख्न नपाएर समस्या भएको बताउछन् ।

उनि भन्छन्, “तुरुन्त मुअब्जा चाहियो, नभए जग्गा फुकुवा गरी दिनुपर्यो ।” पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवा रेलमार्ग एक सय छ किलोमिटर रहेको छ ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?