२ चैत्र ,अन्नपूर्ण (कास्की) । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा
२ चैत्र ,नेपालगञ्ज । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन
१ चैत्र ,काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले
१ चैत, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए । नगरपालिकाले
३० फागुन, काठमाडाैँ । काठमाडौँ लगायत विभिन्न जिल्लामा नेविसंघ अध्यक्षले चिठ्ठी आतंक मचाएकाे भन्दै नेविसंघ काठमाडौले सच्याउन आज पत्रकार समेलन गरेर एकहप्ते अल्टिमेटम दिएकाे छ । म्याद सकिएकाे अध्यक्षकाे समय थप्न नहुने भन्दै जिल्लाहरुमा वितरण गरिएकाे पत्र खारेज गर्नुपर्ने माग पूरा नभय रिलेअनसन, आमरण अनसन, आत्मदाहसम्मकाे कडा विरोधका कार्यक्रम गर्ने
३० फागुन, गलेश्वर । शिरानमा गाउँ, पुछारमा जंगल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा
३० फागुन, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न
३० फागुन, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ
नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस भित्र को विवाद चुलिदै गएको छ । मनोनयन दर्ताको दिन क्याम्पसको आधिकारिक इकाइ भन्दा बाहिरि व्यक्तिहरु हस्तक्षेपकारी शैलीमा क्याम्पस प्रवेश गरि उम्मेदवारीको फाइल र समानुपातिक तर्फको बन्द सुची निर्वाचन अधिकृतलाई बुझाएको थाहा भइ सकेपछि इकाई का उपसभापति, सचीव, कोषाध्यक्षसहित इकाइ सदस्यहरुले सामुहिक राजनिमा घोषणा गरेका
२९ फागुन ,मङ्गलबारे । इलामको रोङ गाउँपालिकामा व्यवसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताए । उनले ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी समेत