५ ,भाद्र ,तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनि दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत
४ भदौ, धनकुटा । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने
४ भदाै, वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ । पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा
४ भदाै, भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी
३ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा
३ भदाै, काठमाडाैँ । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक
२ भदाै, काठमाडाैँ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन्। बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान
१ भदाै, एजेन्सी । श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कोभिड–१९ महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई उनीहरूको सिकाइमा सहयोग पु¥याउने कार्यक्रम शुरु गरेका छन् । श्रीलङ्काका शिक्षामन्त्री सुशिल प्रेमजयन्तले विगत तीन वर्षदेखि लामो समयसम्म विद्यालय बन्द हुनुका साथै छिटपुट रूपमा विद्यालय बन्द हुँदा
१ ,भाद्र ,म्याग्दी । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर
३२ ,श्रावण ,सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको