Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट जडान


४ भदाै, भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।

यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको उनको भनाइ छ । दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्धरुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए । विद्यालयमा सूचना प्रणालीको विकास गर्नको लागि राष्ट्रिय योजना आयोगबाट आउने रु. ९७ लाख विशेष अनुदानको बजेटबाट थप काम गर्ने उनको भनाइ छ । ‘जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यहाँका सवै विद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका छौँ । खास गरेर हाम्रो एक मात्र लक्ष्य नै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु हो ।’

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ । ‘नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ वटा विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार थालेका छौँ’, अध्यक्ष कुलुङले भने, ‘यसले यहाँका बालबालिकालाई प्रविधियुक्त शिक्षा लिन सहजता थप्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।’

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष रु ७३ हजार नौ सय का दरले रु २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय रु १८ हजार नौ सयका दरले रु सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?