Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्कुल हिँडेका ६ जना बालबालिका तुईनमा अड्किएपछि…


५ भदाै, एजेन्सी । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा दुई जना वयस्कसहित छ जना बालबालिका तुईनमा अड्किएका छन् ।

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुईन अड्किएपछि उद्धारको प्रतीक्षामा छन् । आज बिहान सात बजे चलिरहेको तुईन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन ।

एउटै डोरीमा तुईन अड्किएको तथा त्यसमा छ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ ।

हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् । स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ । यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ ।

छ घण्टादेखि बालबालिका अड्किएका तथा एक जना बेहोस भएको तुइनमा रहेका वयस्कमध्येका एक गुजफ्राजले टेलिभिजन च्यानल जिओ न्युजलाई फोनमार्फत बताएका छन् ।

प्रान्तीय उद्धार केन्द्रका वरिष्ठ अधिकारी जुल्फिकर खानले तुईन अड्किएको स्थानमा हेलिकप्टरबाहेक केही पुग्न नसक्ने बताउँदै प्रान्त सरकारसँग पनि हेलिकप्टर उपलव्ध गराउन अनुरोध गरिएको बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?