Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जीर्ण बन्दै प्राविधिक शिक्षालय


४ भदौ, धनकुटा । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ ।

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो ।

अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए । मर्मतसम्भारका लागि नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनले जानकारी दिए । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भने, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा कोहीबेला प्रयोगात्मक परीक्षा नै रोकिन्छ ।”

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब चार करोडजति खर्च लाग्ने आचार्यले जानकारी दिए । वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् । त्यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाले जानकारी दिए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?