काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । उक्त समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । त्यस्तै, त्रिविका कुलपति
काठमाडौँ । शनिवार राष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालन गर्न महानगरपालिकाले संरक्षण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र
काठमाडाैं । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन् । उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक
१ ,पुस ,बराहक्षेत्र (सुनसरी) । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका
तुलसीपुर,दाङ। तुलसीपुर उपमहानगरपालिका–६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भनिन्, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसद्मा शिक्षामन्त्री बनेका शङ्कर थापाले
काठमाडौं। साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । उक्त परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित
२८ ,मङ्सिर ,काठमाडौँ ।आराध्यदेव शुपतिनाथका नाममा धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्विद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान्
काठमाडौं। सामुदायिक विद्यालयमा हस्तलिखित पत्र प्रयोग गर्न रोक लगाइएको छ । मोरङको कटहरी गाउँपालिकाले पालीका भित्रका विद्यालयमा हस्तलिखित पत्रको प्रयोगमा रोक लगाएको हो । शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले पालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमध्ये ९ वटाले यसअघि नै कम्प्युटरबाट कामकाज गर्दै आएका र बाँकी रहेका १० विद्यालयलाई ९ लाख
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाैं विश्वविद्यालयलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान