Trending
>>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत >>   बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी – ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’ >>   बजेट सन्तुलित र उत्पादनमुखीः एमाले >>   सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न १ अर्ब विनियोजन >>   छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने >>   शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन >>   सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने >>   सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

हरित विद्यालयको बिम्ब,बृहत इको मेला सम्पन्न


काठमाडौँ । शनिवार राष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालन गर्न महानगरपालिकाले संरक्षण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन गरिएका थिए । मेला आयोजना गर्न नर्थ अमेरिकन एशोसिएसन फर इन्भारोमेन्ट एजुकेसनले सहयोग गरेको थियो ।

मेलाको उद्घाटन सत्रमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रयोगात्मक शिक्षा नै जीवन उपयोगी हुने बताउँदै विद्यालय उमेरका बालबालिकालाई व्यवहारिक ज्ञान र सिप दिने नीतिअनुरुप महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताउनुभयो । ‘सिक्नु र सिकेको सिप प्रयोग गर्नु फरक फरक कुरा हुन् । सिकेको कुरा प्रयोगमा ल्याउन सक्ने क्षमता विकास भयो भने मात्र सिकाइ प्रभावकारी हुन्छ । यसका लागि हामीले काम गरिरहेका छौँ । यस्ता धेरै कार्यक्रममध्ये वातावरण संरक्षणको व्यवहारिक ज्ञान दिने कार्यक्रम हरित विद्यालय कार्यक्रम हो ।’ डंगोलको भनाइ थियो । कार्यक्रममा उहाँले ६ वटा नमुना हरित विद्यालयका प्रधानाध्यापक, सम्पर्क शिक्षक र विद्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यस सत्रमा नमुना हरित विद्यालय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । महानगरपालिकाभित्रका दरबार हाइ स्कूल, रानीपोखरी, कन्या मन्दिर हाइ स्कूल, क्षेत्रपाटी, नेपाल युवक मा. वि., पकनाजोल, शान्ति निकेतन मा.वि., बसन्तपुर, महेन्द्र भवन आवसीय मा. वि., ज्ञानेश्वर र पद्मोदय मा.वि., पुतलीसडक गरी ६ वटा विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेका छन् । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘सिकाइका लागि यी विद्यालयमा नमूना कार्यक्रम चलाएका हौँ । यसलाई सबै विद्यालयमा पु¥याउँछौँ । सबै विद्यालयलाई हरित र सुन्दर विद्यालय बनाउँछौँ ।’


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?