Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

हरित विद्यालयको बिम्ब,बृहत इको मेला सम्पन्न


काठमाडौँ । शनिवार राष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालन गर्न महानगरपालिकाले संरक्षण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन गरिएका थिए । मेला आयोजना गर्न नर्थ अमेरिकन एशोसिएसन फर इन्भारोमेन्ट एजुकेसनले सहयोग गरेको थियो ।

मेलाको उद्घाटन सत्रमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रयोगात्मक शिक्षा नै जीवन उपयोगी हुने बताउँदै विद्यालय उमेरका बालबालिकालाई व्यवहारिक ज्ञान र सिप दिने नीतिअनुरुप महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताउनुभयो । ‘सिक्नु र सिकेको सिप प्रयोग गर्नु फरक फरक कुरा हुन् । सिकेको कुरा प्रयोगमा ल्याउन सक्ने क्षमता विकास भयो भने मात्र सिकाइ प्रभावकारी हुन्छ । यसका लागि हामीले काम गरिरहेका छौँ । यस्ता धेरै कार्यक्रममध्ये वातावरण संरक्षणको व्यवहारिक ज्ञान दिने कार्यक्रम हरित विद्यालय कार्यक्रम हो ।’ डंगोलको भनाइ थियो । कार्यक्रममा उहाँले ६ वटा नमुना हरित विद्यालयका प्रधानाध्यापक, सम्पर्क शिक्षक र विद्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यस सत्रमा नमुना हरित विद्यालय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । महानगरपालिकाभित्रका दरबार हाइ स्कूल, रानीपोखरी, कन्या मन्दिर हाइ स्कूल, क्षेत्रपाटी, नेपाल युवक मा. वि., पकनाजोल, शान्ति निकेतन मा.वि., बसन्तपुर, महेन्द्र भवन आवसीय मा. वि., ज्ञानेश्वर र पद्मोदय मा.वि., पुतलीसडक गरी ६ वटा विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेका छन् । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘सिकाइका लागि यी विद्यालयमा नमूना कार्यक्रम चलाएका हौँ । यसलाई सबै विद्यालयमा पु¥याउँछौँ । सबै विद्यालयलाई हरित र सुन्दर विद्यालय बनाउँछौँ ।’


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?