Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा लामिछाने


काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा.डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा. नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा. र शेषनारायण मरासिनी चयन भएका छन् ।

सो महाधिवेशन प्रतिनिधिमा प्रा.डा कृष्णकान्त पराजुली, प्रा.डा शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा. विमला शर्मा, किशोरचन्द्र गौतम, डा. रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्रा सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै, निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाइएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक/एक जना निर्वाचित भएका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?