Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै


नेपालगञ्ज। बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रूपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो ।

उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमितरुपमा अध्ययन गरिरहेका छन् भने पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए । तेह्र विद्यार्थीमध्ये छ जना छात्रा छन् ।

“हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास गर्‍यौँ तर अहिले बल्ल सफल भएका छौँ”, प्रधानाध्यापक आर्चायले भने । जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई मासिक रु ४० हजार तलब दिने गरिएको छ भने चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ ।

त्यस्तै, जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिक सत्रदेखि ११ कक्षा सुरु गरिएको र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताए । उक्त गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो ।

मदरसा र गुरुकुल विद्यालयसहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र छ संस्थागत विद्यालय रहेका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?