Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तुलसीपुरको विद्यालयमा संसद् अभ्यास


तुलसीपुर,दाङ। तुलसीपुर उपमहानगरपालिका–६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भनिन्, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसद्मा शिक्षामन्त्री बनेका शङ्कर थापाले दिए ।

एलिसाजस्तै प्रतिपक्षी सांसदहरूले विधेयकमाथि टिप्पणी गर्दै विभिन्न मन्त्रीहरूलाई प्रश्न पनि सोधे । केही सांसदहरूले संसद् चलिरहँदा नियमापत्ति पनि जनाए । उक्त विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले नमूना संसद्को अभ्यास गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानमात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले बताए ।

‘नयाँ युवा, नयाँ सोच’ संस्थाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, सभामुख, उपसभामुख, प्रधानमन्त्रीसहित संसद्मा हुने सबै अङ्ग बनाएर कार्यक्रम गरिएको हो । संसदीय प्रणालीका विषयमा पनि कानुनका विद्यार्थी जानकार हुनुपर्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल देवकोटाले बताएका छन् ।

त्यस्तै, कानुनका विद्यार्थी अनुसन्धानमुखी, स्पष्ट वक्ता हुनुपर्ने भन्दै त्यसका लागि बोल्ने अभ्यास विकास गर्न पनि सो कार्यक्रम आयोजना गरिएको उनले बताए । विद्यार्थीले प्रत्येक शब्द–शब्दलाई विश्लेषण गर्न सक्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । “कानुनका विद्यार्थीमा शब्दसँग खेल्न सक्ने क्षमता हुनुपर्छ”, उनले भने, “त्यसका लागि यस्ता अभ्यास नियमित हुनुपर्छ ।” जति अभ्यास धेरै भयो, त्यति नै विद्यार्थी पोख्त हुने उनको भनाइ रहेको छ ।

 


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?