Trending
>>   आज मिति २०८१ साल फागुन ०९ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु पूर्वाधार विकास समितिद्वारा पारित >>   ‘विधेयकहरु छिटो पारित गर्नुपर्नेमा सांसदहरुको जोड, सामयिक काम गर्न समस्या भएको निस्कर्ष’ >>   फोर नेसन्स उमन्स च्याम्पियनसिप नेपाल भर्सेस लेबनान(तस्बिरहरु) >>   ‘अमेरिकी राष्ट्रपतिको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो’ : ज्ञानेन्द्र शाही >>   मन्त्रिपरिषद् बैठकका १३ निर्णय : खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त >>   काँग्रेस र एमालेले मात्र संविधान संशोधन गर्दैनन्ः गृहमन्त्री लेखक >>   कार दुर्घटना भएको धोबीखोलामा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान >>   कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन : प्रधानमन्त्री >>   प्रधानन्यायाधीश राउतको घोषणाः २०८२ असार मसान्तसम्म सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्छौँ
Logo
८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

प्रवास


देउखुरीमा चितुवा आतङ्क

देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिनुभयो । “राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो”, अधिकारीले भन्नुभयो । यस्तै लमही

वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन

उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उहाँले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उक्त प्रस्ताव राख्दै आर्थिक अपराध बढ्दै गएको र मुलुकबाट पूँजी पलायन हुने तथा राजस्व छल्ने कार्यका विरुद्ध कारबाही चलाउन आवश्यक

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै

मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ ।

‘बाइभ्यालेन्ट’ खोप भित्रियो

फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो । उहाँले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिनुभयो । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप

सम्वन्धित समाचारहरु