Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल


ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ ।

नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच बैठक भएको हो । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामकरुपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिएका थिए भने नेटोको निष्पक्षतामाथि प्रश्न पनि उठाएका थिए ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रुटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताएका थिए । अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ ।

नेटोका सहयोगीहरुले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रुटले भन्नुभयो, “उत्तर कोरिया, इरान, चीन र निश्चितरुपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”

उनले भने, “रुसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उहाँले ट्रम्पसँग छलफल गरेका छन् ।”


प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?