बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ । उहाँले भन्नुभयो, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी
देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिनुभयो । “राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो”, अधिकारीले भन्नुभयो । यस्तै लमही
उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उहाँले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग
सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा
प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उक्त प्रस्ताव राख्दै आर्थिक अपराध बढ्दै गएको र मुलुकबाट पूँजी पलायन हुने तथा राजस्व छल्ने कार्यका विरुद्ध कारबाही चलाउन आवश्यक
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा
अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा
वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता
मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र