Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा


नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन्।

महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

‘सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुग्नु भएको हो। उहाँको अवस्था सुधारोन्मुख छ। स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ,’ महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो।

एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२ मा नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र केही भारतीय नेतृत्वसँग भेटघाटको कार्यतालिका रहेको जनसम्पर्क समितिका नेता सागर शाहीले बताए।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?