Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

राष्ट्रपति पौडेल नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सरिक


जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे ।

साे अवसरमा राजदूत सुवेदीले स्विस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे जानकारी गराउनुभएकाे थियोे । साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ आै अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाे उच्चस्तरीय सत्रमा आयाेजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बाेधन गर्नुभएको थियोे ।उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भाेलि त्यस तर्फ जानुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?