Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेल नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सरिक


जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे ।

साे अवसरमा राजदूत सुवेदीले स्विस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे जानकारी गराउनुभएकाे थियोे । साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ आै अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाे उच्चस्तरीय सत्रमा आयाेजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बाेधन गर्नुभएको थियोे ।उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भाेलि त्यस तर्फ जानुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?