Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सुरक्षा


करिब १ सय ६० किलो गाँजा सहित तीन जना पक्राउ

मोरङ।  जहदा गाउँपालिका-१ धुनीबस्तीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

धनकुटा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

भरूवा बन्दुक सहित दुई जना पक्राउ

सर्लाही । हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा

करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ

सुनसरी। हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको

रविको हिरासत भित्रकाे तस्बिर सार्वजनिक गर्ने निकाेलासलाई साइबर अपराध मुद्दा !

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो ।   

सामाजिक अपराधजन्य घटनामा वृद्धि

काठमाडौँ। पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । बुधवार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएका हुन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ

आफ्नै छोराको हत्या गरेको अभियोगमा एकजना पक्राउ

भक्तपुर । आफ्नै छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ बस्ने अछाम कमलनगर नगरपालिका-६ हात्तिबाच घर भएका ६३ वर्षीय दिप बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दिप बहादुरले विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको

लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ। प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएका छन् । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु. नौ लाख

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

धनकुटा। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको

सम्वन्धित समाचारहरु