Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘नेपाल प्रहरी संकटमा छ’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्की भण्डारीले नेपाल प्रहरी नागरिकको सुरक्षा, कानूनी शासन र शान्तीको आधार भएको बताएकी छिन् ।

उनले नागरिकले प्रहरी देख्दा राज्यको उपस्थिति महशुस गर्ने भएको कारण यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताइन् । नेपाल प्रहरी आजको दिनमा संकटमा रहेको उनको तर्क छ । उनले नेपाल प्रहरीसँग प्रयाप्त स्रोत र प्रविधिको अभाव भएको कारण परिस्कृत हुँदै गएको अपराधहरु समाधान गर्न सकिनरहेको बताइन् । उनले नेपाल प्रहरीलाई अझै सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिंदै राज्यले तलवभत्ता र पूर्वाधार अभावले प्रहरीलाई समस्यामा पार्न नहुने उनको भनाइ छ ।

उनले भनिन्, ‘प्रहरी भनेको नेपाली नागरिक सुरक्षा, राज्यको कानूनी शासन र शान्तीको आधार हो । प्रहरीलाई देख्दा नागरिकले राहतको महशुस गर्छन् किनभने प्रहरीको उपस्थिति भनेको राज्यको उपस्थिति हो । तर दुर्भाग्यवस प्रहरी आज आफैं संकटमा छ । न आधुनिक प्रविधि छ न प्रयाप्त स्रोत साधन नै । आजको युग प्रविधिको युग हो । अपराधहरु पनि प्रविधिसँगै परिस्कृत हुँदैछन् । तर हाम्रो प्रहरी पुरानै संरचना र सिमित स्रोत साधनमा अड्केको छ । यदि हामी एक्काइसौँ शताब्दीको प्रहरी चाहान्छौं भने प्रहरी अनुसन्धानमा लगानी गरेर प्रहरीलाई अझै सशक्त बनाउनुपर्छ । सभामुख महोदय यो केवल प्रहरी सुधारको कुरा मात्र होइन । यो राज्यको सम्मान र गरिमा बचाउने अभियान पनि हो । प्रहरी सेवा पूर्ण रुपमा राज्यको जिम्मेवारीमा हुनुपर्दछ । तलब भत्ता र पूर्वाधारको अभावले प्रहरीलाई समस्या पार्न हुन्न । आफ्नो जोहो आफैं गर भन्नेजस्ता नीतिहरु ल्याउनु हुँदैन ।’


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?