Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाडौँको माछापोखरीबाट सालकको खपटा सहित दुई जना पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट ७ सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर रहेका छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?