Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

काठमाडौँको माछापोखरीबाट सालकको खपटा सहित दुई जना पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट ७ सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर रहेका छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?