रौतहट: देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ । देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ‘राति सुतेकै अवस्थामा साहको हत्या भएको हो,’ रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा
२४ असार ,बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र
१९ जेष्ठ ,गलकोट । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका
१५ वैशाख ,काठमाडौँ । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ ।
२१ चैत ,काठमाडौँ । सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको निर्णयमा उक्त मापदण्ड खारेज गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । सरकारले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न
२० चैत ,मुस्ताङ । मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने
१७ चैत ,दोधारा चाँदनी। भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भन्नुने, “पछिल्लो समय
१५ चैत्र, काठमाडाैँ । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट
१४ चैत्र ,झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री
९ चैत्र ,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । प्राधिकरणले आज सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महिना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी