Trending
>>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री >>   फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई >>   राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली >>   इतिहासमाथि ओलीको टिप्पणीः पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुनेकुरा मात्रै सिकाउँछ
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालको सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुका साथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो । उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थ प्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्र प्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको मूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?