Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालको सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुका साथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो । उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थ प्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्र प्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको मूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?