Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

नेपाल भारतबाहिनी स्तरीय सीमा समन्वय बैठकः सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा रोकथाम गर्ने प्रतिवद्धता


महोत्तरी: सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा. बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र एसएसबीको मुजफारपुर सेक्टर हे.क्वा.का डिआइजी दिपक कुमारको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।

समन्वय बैठकमा सीमा अपराध, सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा अतिक्रमण हुन नदिन, लागुऔषध ओसारपसार नियन्त्रण, मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै दुबै पक्षले अन्य सरोकारवाला संघ संस्थाहरुसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने तथा नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेस्क स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयहरुमा समेत छलफल भएको थियो ।

कार्यक्रममा बेतिया सेक्टर हे.क्वा.का डिआइजी सुरेश सुबरमनियम र नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल लगायत प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?