Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

‘चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण’


१७ ,कात्तिक ,सर्लाही । चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको नेपाल सरकारका खानेपानीमन्त्री महेन्द्रराय यादवले बताएका छन् । उनले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका, जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको आर्थिक प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत निर्मित सौर्य पम्पिङ प्रणाली र आधुनिक कृषि प्रविधिको तीनघरे एकीकृत ग्रामीण विकास खानेपानी आयोजनाको उद्घाटन गर्न उनि सर्लाही आएका हुन् ।

मन्त्री यादवले नेपाल सरकार डोकोमा पानी बोक्ने अवस्थाको अन्त्य गर्न लागि परेको बताए । उनले खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरेर सबै नेपाली जनतालाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य राखेको बताउँदै एक घर एक धारा पुर्याउने काम चाँडै सुरु गर्ने बताए ।

उनले अलपत्र परेका सबै योजनालाई पहिलो प्राथमिकता दिने बताए । लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको रु एक करोड ५९ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ १२ पैसामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भई आज उद्घाटन गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उनका अनुसार करिब तीन सय घरधुरीले शुद्ध पिउने पानी पाउने छन् ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?