Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सशस्त्रमा पहिलो सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post Graduate Diploma in Security and Disaster Management Studies (PGDSDMS)) कोर्ष संचालन भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सो कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज १८ गते उद्घाटन गर्नुभयो । प्रवेश परीक्षा उत्तिर्ण भई कोर्षमा सहभागी हुन सफल अधिकृतहरुलाई उहाँले सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले संगठनको अवधारणा अनुसार विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अधिकृतहरुलाई सक्षम, व्यावसायिक एवं अझ दक्ष बनाई सांगठनिक लक्ष्य प्राप्तीको लागि कोर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।उहाँले संगठनको लक्ष्य प्राप्तीमा आवद्ध जनशक्तिले कार्यक्षेत्रमा प्रदर्शन गरेका हरेक क्रियाकलापमा निर्भर रहने हुँदा यस प्रकारका शैक्षिक तथा पेशागत शिक्षाले अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै योग्य कमाण्डर निर्माणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) कोर्ष संचालन गरिरहेकोमा नयाँ शैक्षिक कोर्ष सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (PGDSDMS) को थालनी सरहानीय रहेको बताउनुभयो । उहाँले यस किसिमको पेशागत तथा शैक्षिक कोर्षले सीमा सुरक्षा तथा विपद्व्य वस्थापन लगायत विद्यमान सुरक्षा चुनौतीहरुको सामना र परास्त गर्न दक्ष जनशक्ति उत्पादनमा अहम भूमिका निर्वाह गर्ने उल्लेख गर्नुहुँदै कोर्ष समापन पश्चात प्रशिक्षार्थीहरुलाई एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सहभागी हुन समेत सहयोग पुग्ने बताउनुभयो । गुल्मपति तथा स्टाफ तालिमको पाठ्यक्रम समेत समावेश गरी दुई सेमेष्टरमा संचालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन प्रोफेसर डा.ताराप्रसाद भुषाल, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?