२० ,मङ्सिर ,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरे । सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका हुन्। गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ
काठमाडाैं। सत्तारुढ गठबन्धनले एनसेल प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले विस्तृत अध्ययन र छानबिन गरेर निष्कर्षका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूका साथै गृहमन्त्री, अर्थमन्त्री लगायत पनि सहभागी थिए । बैठकपछि
काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
काठमाडौं। नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो । सो प्रदर्शनमा सहभागीहरूले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । त्यस्तै माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर
काठमाडौं। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । उक्त प्रतिबन्धको निर्णयको बचाउ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार मन्त्रालय लगायतले टिकटकबाट सामाजिक
तुलसीपुर,दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकि छन् । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्दै उनले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताएकि छन् । “महिला पत्रकार लामो समयसम्म
पर्वत। पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् । उक्त कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको
काठमाडौं। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरेका हुन् । “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी
सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा
बेनी,म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । त्यस्तै, नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४