Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने


काठमाडौं। नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

एनटी फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुने गरी प्रमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस गतिको डाटा पाउने टेलिकमले जनाएको छ भने सो टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार अनुरोध गर्न सकिने छ ।

त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत यो सुविधा लिन सकिन्छ । यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ भने एक महिनाभन्दा बढी समयपछि सशुल्क रूपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?