Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने


काठमाडौं। नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

एनटी फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुने गरी प्रमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस गतिको डाटा पाउने टेलिकमले जनाएको छ भने सो टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार अनुरोध गर्न सकिने छ ।

त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत यो सुविधा लिन सकिन्छ । यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ भने एक महिनाभन्दा बढी समयपछि सशुल्क रूपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?