Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेसलाई कस्तो पार्टी बनाउने? गुगल फर्मबाट सुझाव माग्दै महर


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए।

उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्। नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए।

‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ। पार्टीले नै यो काम गर्नुपर्‍यो। तर, ढिलो भैसककेकाले कसैन कसैले त गर्नै पर्ने भयो। त्यसैले मैले यो व्यवस्था गरेको हुँ। म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने।

कांग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर आफूले केन्द्रीय कार्यालयमा माग-पत्र दर्ता गरेकोमा त्यस्तो हुन नसकेको उनको छ।

महरले विभिन्न १८ वटा सुझाव राख्दै गुगल फर्म सार्वजनिक गरेका हुन्। विद्यमान राजनीतिक ब्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईंलाई कस्तो लाग्छ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन्।

यसका साथै पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने महरले बताए। कसैले जहिले पनि अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ। केन्द्रीय सदस्य महरले कांग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए।

‘नेपाली कांग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ महर भन्छन्, ‘त्यसका लागि हामी जनतामाझ नै जाने हो। उहाँहरूका कुरा सुन्ने हो। जनपेक्षा अनुसार काम गर्ने हो। त्यसपछिमात्र हामी बहुमत प्राप्त गर्न सक्छौं।’

नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त रहेको समयमा अब जनताका माझमा जानुपर्ने र उनीहरूकै अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने महरको भनाइ छ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?