Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम


काठमाडौं। सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानविन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले आजदेखि कार्य आरम्भ गरेको र नेपाल सरकारबाट प्राप्त कार्यादेशिभित्र रही तोकिएको समयसीमाभित्र समितिले अध्ययन तथा छानविन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जनाएको छ ।समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरु, सरकारी अधिकारीहरु, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरुसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिनुभएको छ ।

समितिले एनसेलको शेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरु भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानविन कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आव्हान गरेको छ । समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा रहेको छ भने समितिको इमेल ठेगाना [email protected] र फोन नम्बर ०१–४२११५६२ रहेको समितिले जनाएको छ । समितिबाट जारी हुने सम्बन्धित सूचना तथा जानकारीहरु सञ्चार मन्त्रालयको वेबसाइट https://mocit.gov.np मा राखिने पनि समितिले स्पष्ट गरेको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?