Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्राधिकरणले युटिएलसहित ३ कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र गर्‍यो खारेज


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो ।

त्यस्तै, युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्ने थियो । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् ।

त्यसैगरी, तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

उक्त प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नरबुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि गत कात्तिकमा गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रा.लि, वीरेन्द्रनगरको पनि इन्टरनेट सेवाको अनुमति पत्र खारेज गरेको थियो ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?