Trending
>>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन >>   दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा >>   सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण >>   रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता, सुनुवाइ मङ्सिर ३ गते >>   काठमाडौं अदालतले भन्यो- पशुपति/गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन >>   हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति >>   छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने >>   विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल >>   ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस


बेदकोट,कञ्चनपुर। कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

“नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न समस्या हुन्छ,” बेदकोट नगरपालिका–४ का हरिश पन्त भन्छन्, “गतिलोरुपले इन्टरनेट पनि चल्दैन ।” कृष्णपुर नगरपालिका– १ बण्डमा नेपाल टेलिकमको नेटवर्कका लागि स्थापना गरिएको टावर सञ्चालनमा नआउँदा यहाँका बासिन्दा टेलिफोन सम्पर्कका लागि समस्या झेल्न बाध्य छन् । लामो समयपछि टेलिकमको टावर स्थापना भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको कृष्णपुर नगरपालिका–१ का विनोदसिंह धामी बताउछन् ।

“टेलिफोनको सुविधा थिएन । लामो रस्साकस्सीपछि टावर स्थापना भएको छ”, उनी भन्छन्, “वर्षौपछि सहजै सञ्चारमा पहुँच पुग्न भनेर सुखी थियौँ तर अहिलेसम्म सञ्चालनमा आएको छैन ।” उनका अनुसार नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहक नेटवर्क नआउँदा फोन सम्पर्क गर्न राजमार्गतर्फ झर्नुपर्ने बाध्यता छ ।

त्यस्तै, स्थानीय कालिका माध्यमिक विद्यालयको भवनमाथि टेलिकमको मोबाइल नेटवर्क टावर ठडाइएको छ । टावर सञ्चालनमा नआउँदा बण्ड, दोमिल्ला, पहरिया, सुन्दरीफाँटालगायत क्षेत्र गतिलो सञ्चार सुविधाबाट बञ्चित छन् । “टावर राख्न विद्यालयको ठाउँ उपलब्ध गराएको थियो । नेटवर्क सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्न निकै समस्या हुन्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहरा भन्छन्, “यो टावर सञ्चालनमा आए यहाँको नेटवर्कको समस्या समाधान हुने विश्वास छ ।” नेटवर्क नहुँदा नेपाल टेलिकमको सीम प्रयोग गर्ने सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय चन्द्रादेवी रावतको भनाइ रहेको छ ।

त्यस्तै, “फोन राम्रोसँग सुनिदैन । इन्टरनेट पनि चल्दैन । चाहिएको बेला फोन सम्पर्क गर्न सकिदैन”, उनी भन्छन्, “नेटवर्क नहुँदा बोल्दाबोल्दै फोन काटिन्छ । चाहिएको बेला नियमित सम्पर्क गर्न सकिदैन ।”कृष्णपुर नगरपालिका– १ बण्डमा निर्माण भएको टेलिकमको टावर सञ्चालनको अन्तिम चरणमा रहेको महेन्द्रनगरस्थित दूरसञ्चार कार्यालयका प्रमुख प्रितम भट्ट बताउछन् ।

त्यसैगरी, विद्युत् उपलब्ध नहुँदा टावर सञ्चालनमा केही ढिलाइ भएको उनको भनाइ छ । “आवश्यक उपकरण आइसकेका छन् भने एक महिनाभित्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ,” उनी भन्छन्, “विद्युत् उपलब्ध नहुँदा केही ढिलाइ भयो । अब केही समस्या छैन ।”


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?