काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताएका छन् । उनले तेस्रो
एजेन्सी। चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ । जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष स्टेशनमा राख्नेछ । लङ मार्च–२ एफ क्यारियर रकेटमाथि रहेको अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण् पूर्ण रुपमा सफल भएको बताइएको
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरुको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ । सिजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । विभिन्न १३ ब्राण्डका उत्पादनहरु विक्री वितरण गर्दै आएको शोरुमले हात
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन् । बुधवार सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन् । बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको
विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगरमा जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
काठमाडौँ। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक हिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तेस्रो पटक सूचना जारी गर्दै ३० दिनभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता प्लेटफर्ममा रोक लगाउने चेतावनी दिएको छ।
काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो
काठमाडौँ। ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ । विश्व दुनियाँ ‘सिक्स जी’मा रमाइरहेका बेला नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को वैशाखमा १४ लाख ७१ हजार टुजी’ प्रयोगकर्ता रहेकोमा माघसम्म आइपुग्दा ३२ लाख ६५ हजार