Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी


काठमाडौँ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिवद्धता व्यक्त गरेको छ ।

सोमवार सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले मुलुक निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् । प्रमुख सचेतक बुर्लाकोटीले प्रेस स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यास लोकतन्त्रका अनिवार्य अवयव भएको उल्लेख गर्दै रास्वपाले यी सिद्धान्तहरूलाई व्यवहारमै उतार्न चाहेको स्पष्ट पारेका छन् । नेपालको विकास र लोकतान्त्रिक स्तरलाई युरोपेली वा स्क्यान्डिनेभियन मुलुकहरूको तुलनामा पु¥याउने लक्ष्य राखे पनि त्यसका लागि आवश्यक कानून, पूर्वाधार र सोही अनुरूपको चिन्तन विकास हुन समय लाग्ने उनको भनाइ छ । उनले ती मुलुकहरूको स्तरमा पुग्न केही वर्ष लाग्ने भएपनि त्यसका लागि आवश्यक अभ्यास र प्रयासहरू अहिले नै शुरु गरिसकिएको जानकारी दिएका छन् ।

प्रमुख सचेतक बुर्लाकोटीले भने, ‘आम नागरिकले अपेक्षा गरेको तथा मुलुक निर्माणका लागि हामी सबैले सहकार्य गरेर नै अघि बढ्नुपर्छ । केहीबेरअघि यहाँबाट पनि कुरा उठ्यो कि संविधानको धारा १८२ ल्याउने प्रक्रियामा पनि हाम्रो भूमिका थियो, र देश निर्माणमा पनि हाम्रो उत्तिकै भूमिका रहनेछ । त्यस कुरालाई वास्तविक रूपमा मूर्त रूप दिनका लागि हामी काम गर्न चाहन्छौँ । त्यसमा हामी एक रत्ति पनि पछि छैनौँ । हामी यही प्रक्रियाभित्र छौँ र यसमै प्रतिवद्ध छौँ । यससँगै, हामीले बुझेको र यहाँहरूले बुझेको विषय पनि एउटै रहेछ भन्ने महशुस भयो । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पारदर्शी संसदीय अभ्यास–यी सबै लोकतन्त्रका आधारभूत अवयव हुन् । हामी यी सबैको पूर्ण अभ्यास गर्न चाहन्छौँ । यी सबैको समुचित सम्मिश्रणबाट बलियो लोकतान्त्रिक मुलुक र सुदृढ लोकतान्त्रिक अभ्यास निर्माण गर्न, हाम्रो दल, हाम्रो मुलुक र हामी सबैलाई त्यस दिशामा अघि बढाउन चाहन्छौँ । अघि नारायणजीले उल्लेख गर्नुभएको जस्तो स्क्यान्डिनेभियन वा अन्य युरोपेली मुलुकहरूको स्तरमा पुग्नका लागि अहिले न हाम्रो कानुनी संरचना त्यति विकसित छ, न आवश्यक पूर्वाधार, न त त्यहाँको जस्तो संस्थागत सोच र अभ्यास नै छ । त्यस स्तरमा पुग्न हामीलाई अझ केही समय लाग्न सक्छ । त्यसैले नै हामी यी सबै अभ्यासहरू गर्दै अगाडि बढिरहेका छौँ । यस यात्रामा हाम्रो तर्फबाट गर्नुपर्ने प्रयास र यहाँहरूले दिनुभएका सुझाव तथा सहयोगलाई सकारात्मक रूपमा ग्रहण गर्दै अझ प्रभावकारी ढङ्गले अघि बढ्न चाहन्छौँ ।’

वर्तमान सत्ता समीकरण र संसदीय प्रक्रियामा आफ्नो दलको भुमिकालाई जोड्दै बुर्लाकोटीले देश निर्माणको लक्ष्य प्राप्तिका लागि सञ्चार जगतबाट आउने सुझाव र प्रयासहरूलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २९ असार २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?